समानुपातिक निर्वाचनमा ६८ दलले भाग लिने, कुन प्रदेशमा कति ?

12.6k Shares
यो पनि

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनाव समानुपातिकतर्फ भाग लिन ६८ दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन्। 

समानुपातिकतर्फको दल दर्ताका लागि आइतबारसम्म दिइएको समयावधिमा प्रतिनिधि सभातर्फ  ७६ दल मध्ये ६८ निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।  आयोगले दल दर्ताका लागि भदौ १० देखि १२ गतेसम्मको समय दिएको दिएको थियो। 

प्रदेश सभातर्फ भने प्रदेश–१ मा ५५ निवेदनमार्फत ६३ दलले आवेदन दिएका छन्, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल र गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दलले दल दर्ताको निवेदन दिएका छन्। 

यस्तै लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत् ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। 

ताजा अपडेट
सम्बन्धित समाचार