प्रदीप पौडेल तनहुँ–२ बाट चुनाव लड्ने

13.1k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न आवेदन हालेका छन्। उनले मंगलबार क्षेत्रीय कार्यसमितिमा उक्त क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्।

यसअघि उनी यही क्षेत्रको प्रदेश (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचन लडेर ५ मतले पराजित भएका थिए। प्रतिनिधि सभातर्फ २०७४ मा यो क्षेत्रबाट कांग्रेसका शंकर भण्डारी चुनाव लडेका थिए। उनी पराजित भए। यसपल्ट भण्डारीले तनहुँ १ बाट चुनाव लड्न आवेदन दिएकका छन्। 

पौडेलसँगै तनहुँ २ मा केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार  बन्ने आकांक्षा प्रस्तुत गरेकका छन्। 

पार्टी सभापति शेरबहादुर देउवानिकट वाग्ले यसअघि प्रदेशसभा (ख) मा पराजित भएका थिए। तनहुँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लड्दै आएका छन्। एकीकृत समाजवादीका किसन श्रेष्ठ यही क्षेत्रमा रहेकाले यसपल्ट भागबन्डा निश्चित भइसकेको छैन।

ताजा अपडेट
सम्बन्धित समाचार