काठमाडौंः आमनिर्वाचनका लागि करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्।
निर्वाचन आयोगका अनुसार यीमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सङ्ख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने जानकारी दिए।
आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको सङ्ख्या करिब २३ हजार ७०० हुने अनुमान गरेको छ। प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति हुने छन्। मतदान केन्द्रमा आठ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने आयोगले जनाएको छ। यसरी दुई लाख ४२ हजार कर्मचारी मतदान केन्द्रमै केन्द्रित हुने आयोगले जनाएको छ।