मोरङ–४ (ख) बाट प्रदेश सांसदमा राजाबाबु ठाकुर राप्रपाबाट सिफारिस

12.9k Shares
यो पनि

विरटाटनगर, १९ भदौ ।राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नुम्बर–४ (ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ मोरङ जिल्लाका सबै भन्दा बढि रुचाउने सदस्य राजाबाबु ठाकुरको नाम सिफारिस भएको छ।
प्रदेशको बैठकबाट बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नुम्बर-४ (ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ ठाकुरको नाम सिफारीस भएको हो। ठाकुर मोरङ जिल्लामा लामो समय देखि समाजसेवामा आबद्ध भई राजनिती गर्दै आईरहेका छन्।

 मोरङ जिल्लाको प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका ठाकुरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका नेताहरुले सिफारिश गरेको  ठाकुरले बताए।
 
एकाएक चर्चामा आएका ठाकुर बिगत लामो समय देखि बिराटनगर स्थित रहेको गोल्डेन हस्पिटल प्रा लि मा कार्यरत छन् ,उनि कार्य संगै अस्पतालमा उपचारका लागि आएका गरिब गुर्बाहरु,अपाङ्ग ,असहाय साथै अस्पतालको खर्च धान्न नसकिने जस्ता आम जनताहरुलाई आफ्नो तलब समेत् अस्पतालमा बुझाइ उपचार गराइएको कारणले गर्दा पनि उनि समाजमा एउटा राम्रो छबि बनाउन सफल भएका हुन्। 

सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आइ रहेका छन्। आफ्नो गाउँ क्षेत्र वाहेक बाहिरी जिल्ला र प्रदेशकाहरुलाई समेत ठाकुरले सहयोग गरेका उनका निकटतम साथीहरुले बताए।

किशोरा अवस्था देखि नै  समाजसेवा गर्नु र राजनीतिमा प्रवेश गर्नु र स्थान्तरण पाएपछि जनसेवा मा लागि समाज सेवामा समर्पित रही  सेवा गर्नु नै मूल उदेस्य रहेको ठाकुरले बताए। 

कोरोना महामारिको विषम परिस्थितीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी समस्यामा परेकाहरुलाई ठाकुरले सहयोग गरेका छन्। उनले लकडाउन अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरुको लगि एम्बुलेन्स व्यवस्थापन देखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सक परामर्श सहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइ रहेको छ।

उनले उपचारको लागि आर्थिक अभाव भएकाहरुको लागि आर्थिक सहयोग समेत उपलब्ध गराएका छन्।

मोरङको बालबालिका देखि लिएर युवा, वृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन्। राजाबाबु ठाकुर सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेतले गर्दा पनि उनि अग्रस्थानमा उभिएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार