धनुषा ३ र ४ मा एमालेबाट महासेठ दम्पती उम्मेदवार सिफारिस

10.6k Shares
यो पनि

काठमाडौंः  आगामी प्रतिनिधिसभा निर्वाचनका लागि  नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार दुवैको नाम सर्वसम्मतले सिफारिस भएको छ । क्षेत्रीय समितिबाट भएको सिफारिस जिल्ला कमिटिमा आउने र यहाँबाट प्रदेश कमिटिमा पठाइने उनले बताए ।

पार्टीका केन्द्रीय सचिव र मधेश प्रदेशका इन्चार्ज समेत रहेका रघुबीर २०७४ को निर्वाचनमा धनुषा ४ बाट निर्वाचित भएका थिए । जुली सिफारिस भएको क्षेत्र नम्बर ३ मा यसअघि लोसपा नेता राजेन्द्र महतो निर्वाचित भएका थिए । महतो यस पटक पनि यहीं क्षेत्रबाट चुनाव लड्ने तयारी गर्दै छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार