दलहरुद्वारा धमाधम उम्मेदवार सिफारिस

10.4k Shares
यो पनि

काठमाडौंः  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।

कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ ।

अहिलेसम्म मुख्य पार्टीका धेरैजसो शीर्ष नेताहरुको नाम सिफारिस भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन् भने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन–३ र गोरखा–१ बाट उम्मेदवार सिफारिस भएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौँ –२, रौतहट–१ र ४ बाट सिफारिस भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सिरहा–१ र २, बारा–२ र मोरङ–५ बाट सिफारिस भएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार