महोत्तरी क्षेत्र ३ बाट ठाकुर चुनाव लड्ने पक्का

30k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सरकारले आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल बढेको छ । योसँगै विभिन्न दलका उम्मेदवार चयन , चुनाव क्षेत्र  तथा जित–हारको सम्भावित र प्रतिस्पर्धीहरूका बारेमा पनि लेखाजोखा हुन थालेको छ । 

यसैगरी  महोत्तरी क्षेत्र ३ बाट  प्रतिनिधिसभा निर्वाचनकाका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर चुनाव लड्ने भएका छन । अध्यक्ष  ठाकुर ७४ को संसदीय निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट १८ हजार बढी मतान्तरले विजयी भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट ठाकुर २६ हजार ८४५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६७६ मत पाएका थिए ।

यस पटक पनि उनी महोत्तरी क्षेत्र ३ बाट नै लड्ने निश्चित गरेका हुन । ठाकुर मधेश प्रदेशमा रहि त्यहाँका जनताहरुबिच उनले आफ्नो स्थान पक्का गरिसकेको र पहिले देखिनै आफ्नो पकड जिल्ला भएका कारण उनले महोतरी ३ बाट नै लडेने निर्णय गरेका छन ।

यसअघिको निर्वाचनमा ठाकुरलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादीले सहयोग गरेको थियो । तर यस पटक भने ठाकुर सत्ता गठबन्धनमा प्रवेश खोज्दै छन् । यो छलफलकै चरणमा रहेको छ । यदि गठबन्धनमा प्रवेश नभए पनि एक्लै चुनावमा लड्ने निर्णय गरेको लोसपाका एक नेताले पोलिटिक्स नेपाललाई बताए । 

 

ताजा अपडेट
सम्बन्धित समाचार