राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट चुनाव लड्दै

34.1k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट  राजेन्द्रबहादुर  राजु   गोर्खाली आसन्न संघीय निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।राजनीतिक शक्तिको पछाडि लाग्ने प्रवृत्तिका गोर्खाली २०७४ को चुनावमा राप्रपा प्रवेश गरेका थिए। 

गोर्खाली अहिले सिन्धु कांग्रेसका महासमिति सदस्य छन्। १४ औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर उनी क्रमशः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका छन्। त्यही हैसियतमा उनी उम्मेदवार सिफारिससम्म गरेका हुन्।  उनलाई जनताहरुले पनि राम्रै काम गरेको र अबको  निर्वाचनमा पनि उनले त्यहाँबाट चुनाव लडे राम्रो हुने बताउदै उम्मेदवारी दिएका छन । उननले यस पटकको चुनाव जितेपछि आफूले चुनाव लडेको क्षेत्रको विकास गर्ने र त्यहाँ भएका सबै समस्याको पूर्णरुपमा समाधन गर्ने समेत प्रतिबधता राखेका छन । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि राजु गोर्खाली को नाम सिफारिस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि राजु गोर्खाली को नाम सिफारिस
समाजिक तथा व्यापारिक पृष्ठभुमिका गोर्खालीले जिल्लावासी बराबरकै हैसियत बनाएर सिन्धुपाल्चोकबाट राजनीतिक करियर अघि बढाउने योजनामा रहेका छन्। त्यसैका लागि उनले  गत वर्ष सम्पन्न कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन हुन गोर्खालीले ठूलो रकम खर्च गरेर चुनाव प्रभावित गरेको कांग्रेसकै नेताहरु बताउँछन्। 

ताजा अपडेट
सम्बन्धित समाचार