जसपाको आरोपले हल्लियो कांग्रेस , के गलार्न त देउवा ?

13.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेलले मधेस प्रदेशलाई फाइदा भएको बताएका छन् ।

‘एमालेसँगको तालमेलले मधेस प्रदेशलाई घाटा भएको भन्नु बेकार हो । यसले कांग्रेस र माओवादी केन्द्रको धोका, जालझेल, षड्यन्त्र आदि प्रपन्चलाई असफल तुल्याएको छ । मधेसको शक्ति बलियो भएको छ । हामी मधेसमा सरकार बनाउन सक्ने स्थितिमा पुगेको बताएका हुन । 

एमालेसँग पार्टी एकता नभएर तालमेल मात्र भएको पनि उनले औंल्याए । यादवले थपे, ‘जसपाले एमालेसँग केही सिटको तालमेल मात्र हो । धेरै सिटमा हामी आफ्नै बाहुबलमा लडेका छौं । एमाले र जसपाको विचार र नीति आआफ्नै छन् । हाम्रा विचारलाई एमालेले स्वीकार्ने, एमालेका विचारलाई हामीले स्वीकार्ने कुरा होइन । कांग्रेसले पनि एमालेसँग सहकार्य गरेकै हो, माओवादी केन्द्र त एमालेभित्रै छिरेको हो ।’

कांग्रेस र माओवादी नेताहरुको संकीर्ण सोचाइ राखेर जसपालाई धरापमा पार्ने, कर्नरमा पार्ने, जितेको सिट कब्जा गर्ने, न्यून सिटमा चुनाव लड्न बाध्य पार्ने षडयन्त्र गरेको आरोप पनि यादवले लगाए । 

मधेसमा जसपालाई कसैले पत्तासाफ गर्न नसक्ने पनि यादवले दाबी गरे । उनले भने, ‘गठबन्धनमा हामीले संघ र प्रदेश गरी ५० सिट मागेको हो । २१ सिट दिने भनियो । हामीले जितेका सिट उनीहरु लिन खोजियो । स्थानीय तह चुनावको तीतो अनुभव भयो । कांग्रेसहरुले जय नेपाल भन्दैमा एमाले भोट दिए । हामीलाई पत्तासाफ बनाउने भनेर तमलोपा, सद्भावना, लोकतान्त्रिक फोरम को आएनन् ? पत्तासाफ गर्नेको पत्तै हराइसक्यो ।’ आफूले सप्तरी २ मा २०७४ भन्दा बढी मत ल्याएर जित्ने पनि उनले बताए ।


मधेसलाई आन्तरिक उपनिवेश बनाएकाले विकास नभएको औंल्याउँदै उनले संघीयता विकासका लागि नभएको बताए । यादवले भने, ‘संघीयताले विकास गर्ने होइन, विकास गर्ने योजना र लगानीले हो । यो अपांगता भएको संघीयता हो । जनशक्तिविहीन, स्रोतविहीन र अधिकारविहीन कुरुप प्रकारको संघीयता हो ।’

 

ताजा अपडेट
सम्बन्धित समाचार