काठमाडौंः आसन्न प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नं २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवबीच चुनावी प्रतिस्पर्धा हुँदै छ।
सत्तारूढ गठबन्धनबाट यादव र एकल उम्मेदवार रहेका महतोबीच चुनावी प्रतिस्पर्धा हुने छ। कुनै समय एउटै पार्टी र एउटै दलमा आबद्ध रहेका दुई हस्ती अहिले छुट्टाछुट्टै चुनावी मैदानमा प्रतिस्पर्धामा गर्दै छन्।
मधेशको राजधानी जनकपुरधामबाट अघिल्लो निर्वाचनमा निर्वाचित लोसपाका वरिष्ठ नेता महतो गठबन्धनका उम्मेदवार महेन्द्र राय यादवलाई पराजित गर्न कम्मर कसेर एक्लै लागेका छन्।
महतो निर्वाचित धनुषाको क्षेत्र नं. ३ मा पूर्व आन्तरिक सहमतिअनुसार जनकपुर छाडेर गृह जिल्ला जाने र उनको स्थानमा जुली महतोलाई सघाउने वाचाअनुरूप राजेन्द्र महतोले यो क्षेत्रबाट पछि हटेको एक नेताले पोलिटिक्स नेपाललाई बताए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्यद्वय महतो र यादव बीचको चुनावी भिडन्तलाई मधेशको राजनीतिमा देखिएको फुटपछिको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमाले सचिव रघुवीर महासेठले सहयोग गरेकै कारण उनकी श्रीमती जुलीकुमारी महतोलाई धनुषा-३ छाडेर राजेन्द्र महतो पुरानै क्षेत्रमा निर्वाचित महिन्द्रराय यादवसँग प्रतिस्पर्धा गर्दैछन्। महतोले २०७४ सालको निर्वाचनमा कांग्रेसका विमलेन्द्र निधिलाई धनुषा-३ बाट २ हजार ९०३ मतले पराजित गरेका थिए।
महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए। तत्कालीन राजपाबाट उम्मेदवार बनेका उनलाई संघीय समाजवादी फोरम नेपालले सघाएको थियो।
सर्लाहीमा तत्कालीन नेपाल सद्भावना पार्टी अध्यक्षको हैसियमा निर्वाचन लडेका महतोको मुख्य बाधक नेपाली कांग्रेसका उम्मेदवार बन्दै आएका थिए। अहिले गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने यादवलाई नेपाली कांग्रेसले नै समर्थन गर्ने भएपछि महतोलाई यो क्षेत्रमा जित निकाल्न सहज भने छैन।
तर, असहजलाई चुनौती दिर्दै विमलेन्द्र निधिको प्रतृक विरासतमा पार्टीको झण्डा फहराएका महतोले निर्वाचनको संघर्षको मैदानका रूपमा हेर्नुपर्ने तर्क छ।
२०४८ र २०५१ सालमा पराजित भएका महतो २०५६ को निर्वाचनमा विजयी भएका थिए। २०६४ सालको पहिलो संविधान सभाको चुनावमा सर्लाही-४ बाट विजयी उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भएका थिए।
यादवले ११ हजार ५३४ मत पाउँदा महतोले ८ हजार ७९० मत पाएका थिए। यी दुई चिरपरिचित प्रतिद्वन्द्वीको राजनीतिक इतिहास हेर्ने हो भने महेन्द्र राय यादव राजनीतिकका चतुर खेलाडी हुन् भने महतो असम्भवलाई सम्भवमा ढाल्न कुनैपनि प्रयत्न गर्न पछि नहट्ने संघर्षको मैदानका रूपमा रहेका छन्।
महतो स्व। गजेन्द्रनारायण सिंहको नेपाल सद्भावना पार्टीबाट २०४८ सालमा पहिलो पटक उम्मेदवारी दिएका थिए भने यादवले नेकपा एमालेबाट आफ्नो संसदीय यात्रा तय गरेका हुन्। सर्लाही २ मा २०४८ र २०५१ मा नेपाली कांग्रेसकी मीना पाण्डेले महतोलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। २०५६ सालको निर्वाचनमा महतोले राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर थापालाई पराजित गरेका थिए।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा भने तत्कालीन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टीका उम्मेदवार मोहम्मद रिजवान अन्सारीलाई पराजित गर्दै विजयी भएका थिए।
दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका थिए। उनले नेकपा एमालेको सुरेन्द्रकुमार लामालाई पराजित गरेका थिए। राजनीतिका चतुर खेलाडी महेन्द्र राय यादवलाई जसपा छाडेपछि चुनाव जित्न कठिन हुने आँकलनका बीच नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट गठबन्धनको उम्मेदवार बन्दा सशक्त भएका छन्।
सर्लाही क्षेत्र नं २' क' प्रदेशसभा सदस्य तथा लोसपा नेता गौरीनारायण साह तेली नेसपा गएपछि कमजोर भएको आँकलन गर्छन्।