महतोलाई हराउने कोसिसमा यादव ,सम्भमवना कति ?

14.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सर्लाही क्षेत्र-२ मा नेकपा माओवादी केन्द्रले महिन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनको समर्थन पाएका यादवलाई लोसपा नेता राजेन्द्र महतो चुनौतीका रूपमा खडा भएका छन्। सत्ता गठबन्धनका सहयात्रीविरूद्ध महतोले छुट्टै उम्मेदवारी दिएका हुन्। 

तत्कालीन एमालेबाट मधेश राजनीतिमा आएका यादव र मधेशकै मुद्दा लिएर स्थापित भएका महतोबीच मधेशका मुद्दामा मेल र निर्वाचनका वेला शत्रुको भूमिका निर्वाह हुने गरेको छ। उनीहरू आपसमा चिरपरिचित मित्र तथा शत्रु हुन्।

यी दुवै नेताका कार्यकर्ता पनि मधेशका मुद्दामा मित्र र चुनावका वेला शत्रुको रुपमा उभिने गरेका छन्। मधेश राजनीतिमा प्रवेश गरेका महेन्द्र पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकबाट निर्वाचित भए।

मधेशको सवालमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा गोलबद्ध भएका यी दुई नेता पछि फरक फरक पार्टी गठन गरेर दोस्रो संविधानसभाको निर्वाचनमा होमिए। महेन्द्रले तराई मधेश सद्भावना पार्टीबाट चुनाव लडे भने सोही क्षेत्रबाट महतो नेपाल सद्भावना पार्टीबाट चुनावी मैदानमा उत्रिएका थिए।

दोस्रो संविधानसभाको चुनावमा महेन्द्रले राजेन्द्र महतो लड्दै आएको निर्वाचन क्षेत्र रोजे। जसले मुद्दामा एक देखिए पनि दुवै नेता २०७० सालको चुनावमा एक अर्काका शत्रु बन्न पुगे।

यादव र महतो एक अर्कालाई दोषारोपण गर्दै चुनावमा होमिए  तर नतिजा महतोको पक्षमा आएन। यादवले २ हजार ५ सय मतले महतोलाई पछार्दै जित निकाल्न सफल भए।

यादव निर्वाचित भएपश्चात मधेशको मुद्दा नागरिकता जस्ता सवालमा यी दुवै नेता फेरि एक भए। मधेशको अधिकारको सवालमा गठन भएको लोकतान्त्रिक मधेशी मोर्चामा पनि महतो र यादव एकजुट भएर जिल्ला तथा मधेश तताएका थिए।

त्यसलगत्तै मधेशी मोर्चाले गठन गरेको राजपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टीमा पनि फेरि यी दुवै नेता एकै ठाँउमा उभिएका थिए। पछि महेन्द्र नेपाल समाजवादी पार्टीमा लागेर अहिले माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। 

यस क्षेत्रका बासिन्दा यी दुवै नेता स्वार्थ पूरा गर्ने सवालमा आपसमा मित्रता गाँस्ने गरेको आरोप लगाउँछन्। मधेशकै सवालमा आन्दोलन मात्र गरेर जनता मार्न लगाउने र उपलब्धि नभएको यी दुवै नेतामाथि स्थानीयको आरोप छ।

नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले स्वार्थ पूरा हुने सवालमा मात्र यी दुई नेता एक हुने गरेको बताए। ‘नागरिकले यी दुवै नेताबाट उपलब्धि हासिल गर्न सकेका छैनन्,’ उनले भने, ‘स्वार्थ पूरा गर्ने सवालमा मात्र मित्रता भएको देखिएको छ।’

 

ताजा अपडेट
सम्बन्धित समाचार