आजबाट सत्ता गठबन्धनको चुनाव लक्षित भेला, शीर्ष नेताहरू आज पोखरा र बुटवलमा

9.5k Shares
यो पनि

काठमाडौंः पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ ।

गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।

आज कात्तिक ४ गते पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुने छन् भने ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला हुनेछन् । ६ गते सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन्। ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला हुनेछ। ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन् ।

गण्डकी भेलाको समन्वय नेकपा ९एकीकृत समाजवादी० ले गर्नेछ भने लुम्बिनी, प्रदेश(१, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन्। यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

ताजा अपडेट
सम्बन्धित समाचार