निर्वाचन आयोगले कहिलेबाट सुरु गर्दै छ मतदाता शिक्षा कार्यक्रम ?

15.1k Shares
यो पनि

काठमाडौंः निर्वाचन आयोगले यही कात्तिक १८ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो । 

आयोगले मतदाता शिक्षा कार्यक्रम एक करोड ८० लाख मतदातासम्म पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको अर्यालले बताए । मतदान गर्ने तरिका, मतपत्र मत पेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिने बताइएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार