सिन्धुपाल्चोक–१ मा वाम गठबन्धनले सार्वजनिक गर्यो साझा प्रतिवद्धता

16.4k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सिन्धुपाल्चोक क्षेत्र नं १ को लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

आज विहान क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार माधव सापकोटा सुबोध, क्षेत्र नं १ को प्रदेश सभा १ का साझा सम्मेदवार मसिना खड्का भण्डारी र क्षेत्र नं १ को प्रदेश सभा २ का साझा उम्मेदवार सरल सहयात्री पौडेलले एकैसाथ सामाजिक सञ्जाल मार्फत प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।  


प्रतिवद्धता पत्रमा राजनीतिक सहमति, सहकार्य, समन्वय र समझदारी कायम गरी निर्वाचन क्षेत्रको समग्र विकास अगाडि बढाउन संयुक्त पहल र प्रयत्न गरिने उल्लेख गरिएको छ ।

भ्रष्टाचार न्युनिकरण र सुशासन कायम गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिने घोषणापत्रमा उल्लेख छ ।    ‘सिन्धुपाल्चोक समृद्धिको आधार जलस्रोत, पर्यटन, कृषि र व्यापार को नारालाई सार्थकता प्रदान गर्न पहल गरिने साझा घोषणापत्रमा उल्लेख गरिएको छ ।

">

 

ताजा अपडेट
सम्बन्धित समाचार