काठमाडौंः काठमाडौ ६ मा यसपाली रोचक भिडन्त हुदैछ। नेपाली काङ्ग्रेसबाट चुनावी मैदानमा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान फेरि चौथोपटक उत्रिनु भएको छ। नेकपा एमालेबाट भर्खरै पार्टी प्रवेश गरेका नेपाल पुलिसका पुर्व आईजिपी सर्वेन्द्र खनाल उम्मेदवार भएका छन्। स्वतन्त्र रूपमा विवेकशील साझाका पुर्व केन्द्रिय संगठन विभाग प्रमुख निर्देश सिलवालले उम्मेदवारी दिएपछि एकाएक चुनावी माहोल गर्माएको छ।
काठमाडौको पछिल्लो अवस्था स्वतन्त्र उम्मेदवारहरुले कसको मत कति काट्छ भन्दा पनि स्वतन्त्रले नै चुनाव जित्न सक्ने अवस्था छ। यसमा काठमाडौ क्षेत्र ६ पनि नया नतिजा आउन सक्ने क्षेत्रमा पर्ने सम्भावना बढेर गएको छ।
सर्वेन्द्र खनालले ओलिबाट टीका थापेर एमाले प्रवेश गर्ने बित्तिकै टिकट पाएको धेरै एमालेलाई नै चित्त बुझेको छैन भने सर्वसाधारणमा उनले त्यति प्रभाव पार्न सक्ने देखिएको छैन। स्वतन्त्रका निर्देश सिलवाल भने जताजता गएका छन् त्यतै जनताको मन जित्न सफल भैरहेका छन्।
मनमैजु निवासी एक स्थानीय भन्दै थिए अध्यक्ष ओलिबाट सदस्यता कार्ड लिने खनाल भन्दा प्रधानमन्त्री ओलिबाट राजनीतिशास्त्र स्नातकोत्तरमा गोल्डमेडल थाप्ने युवा स्वतन्त्र उम्मेदवार सिलवाल क्षेत्र ६ का लागि ज्यादा उपयुक्त भएको तर्क गर्छन्।
स्विडेनको माल्मो विश्वविधालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक सिलवाल त्रिभुवन विश्वविधालयबाट राजनीतिशास्त्रको स्नातकोत्तरमा गोल्डमेडलिस्ट समेत हुन् । पेशाले उनी स्नातक तहमा राजनीतिशास्त्र र अन्तरास्ट्रिय सम्बन्धको अध्यापन गर्छन्।