कहाँ कहाँ व्यस्त छन शीर्ष नेताहरु ?

10.9k Shares
यो पनि

धनगढी :  आम निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू देश दौडाहमा निस्किएका छन्। 

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देश दौडाहमा निस्किएका हुन्।

उनीहरुको प्रधानमन्त्री देउवाको गृह प्रदेश सुदूरपश्चिम केन्द्रित बनेका हुन्। एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमबाटै चुनावी अभियान सुरु गरेपछि गठबन्धनका शीर्ष नेताहरुले पनि दार्चुलाबाट संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्ने तयारी गरेका छन्। 

देशका शिर्ष नेताहरु सुदूरपश्चिम केन्द्रीत भएपछि यहाँको चुनावी रौनक चुलिएको छ। ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरिरहदा बेला प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरामा आफ्ना लागि मत मागिरहेका थिए। 

चार दिन डडेल्धुरामा रहदा विभिन्न ७ ठाउँमा आयोजना गरिएका चुनावी भेलालाई सम्बोधन गरेर उनी आइतबार साँझ प्रदेशको अस्थायी मुकाम धनगढी पुगेका थिए।

दुई दिनदेखि धनगढीस्थित निजी निवासमा बसिरहेका देउवाले कैलालीका नेता तथा कार्यकर्तालाई घरमै बोलाएर भेटघाट गरेका छन्। उनले कांग्रेसका असन्तुष्ट नेता कार्यकर्तासँग सामूहिक र एक्लाएक्लै भेटवार्ता गरेका हुन्। देउवाले कैलाली ३ को प्रदेशसभा ९२० मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि भेटेका थिए। देउवाले उनलाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेका थिए। तर जोशीले अब त्यो समय सकिएको भन्दै चुनाव लडेरै छाड्ने बताएका थिए।

देउवा सुदूर पहाड जाने

दार्चुला र बैतडीमा सत्तारुढ गठबन्धनले आयोजना गर्न लागेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपालसहित बुधबार त्यसतर्फ जादैछन्। 

काँग्रेस कैलालीका सचिव नृप सुनारले शीर्ष नेताहरु आज दार्चुला र बैतडीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए। 

उनकाअनुसार उनीहरुले बुधबार नै कैलालीको सुखडमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्नेछन्।  प्रचण्ड र नेपाल बुधबार बिहान धनगढी आउदैछन्।

ताजा अपडेट
सम्बन्धित समाचार