ओलीको व्यंग्यलाई कसरी लिनेछन रवि ?

8k Shares
यो पनि

काठमाडौं– नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई समाचार भन्ने मान्छे उम्मेदवार बन्न आएको भन्दै व्यंग्य गरेका छन्। 

चितवन सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै ओली उक्त टिप्पणी गरेका हुन्।

‘मैले सुनेको छु, यस क्षेत्रमा अनेक थरीका मान्छे उठ्या छन्। कोही बिरामी जाँच्नुपर्ने अस्पताल छाडेर यता आएका छन्। कोही टेलिभिजनमा समाचार भन्नुपर्ने मान्छे त्यो छोडेर यता आएका छन्,’ ओलीले भने, ‘कोही के गर्नुपर्ने, कोही के गर्नु पर्ने मान्छे चिन्नु न जान्नु कता हिँडेको हो थाहा छैन। घण्टी बजाएका छन्। बाटो सोधेका छन्।’

चितवन–मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवाी दिएका लामिछाने राजनीतिमा आउनुअघि टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिए। 

ताजा अपडेट
सम्बन्धित समाचार