सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

8.8k Shares
यो पनि

सत्तारुढ गठबन्धनले आज काठमाडौँमा बृहद चुनावीसभा गर्दैछ । गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो ।

अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि काठमाण्डौं–२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा ९क० मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार