कुन - कुन ठाउँमा हुदैँछ काठमाडौंको मतगणना ?

10.2k Shares
यो पनि

काठमाडौं: प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार ९आज० सम्पन्न आम निर्वाचनको अन्तर्गत काठमाडौंको मतगणना दश फरक–फरक स्थानमा हुने भएको छ । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको आयोगले बताएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंका यि क्षेत्रमा हुँदैछ मतगणनाः क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा बानेश्वर क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थली क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटी क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवन क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवन क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थली क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हल क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुल क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार