प्रभु साह मतान्तर फराकिलो बन्दै

9k Shares
यो पनि

काठमाडौंः रौतहट क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले मतान्तर फराकिलो बनाउँदै अग्रता लिएका छन । चापाकल चुनाव चिन्ह पाएका उनले  आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा झन्डै दुई हजार  मत बढी ल्याएर अग्रस्थानमा रहेका छन् । 

जनता मावि कटहरियामा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार प्रभु साहले हालसम्म ५१५६ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार माछा चुनाव चिन्ह पाएका ओमप्रकाश जैसवालले ३२३१ मत प्राप्त गरी दोस्रो र माओवादीका उम्मेदवार धिरज भन्ने रवीन्द्र पटेलले १४८९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत मेघनाथ चौलागाईंले जानकारी दिएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार