काठमाडौंः सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले अग्रता लिएका छन् । सुरुवाती चरणदेखिनै अग्रता लिएका एमालेका उम्मेदवार सरेश नेपालभन्दा ४ मतले लिड गरेका हुन् ।
पछिल्लो मतपरिणामनुसार माओवादीका सापकोटाले १८ हजार ८६७ मत ल्याएका छन् । एमालेका नेपालले १८ हजार ८३२ मत ल्याएका छन् । माओवादीका सापकोटाले पहिलो पटक अग्रता लिएका हुन् ।