रवि लामिछानेलाई ८ हजार मतको अग्रता

15k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाउँदै लगेको छ। ३७ हजार २२१ मत गन्दा रवि लामिछाने ८ हजार ६८७ मतान्तर बनाएका छन्। लामिछानेले १७ हजार ५२९ मत ल्याउँदा एमालेका  कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६८१ मत ल्याएका छन्।

लामिछानेको अग्रतासंगै अहिले उनका समर्थकहरु मत गणना स्थल नजिकै नाचगानसहित खुशीयाली मनाउँदै छन्। कालिका नगरपालिका  र इच्छाकामना गाउँपालिकाको मत गणना सकिएर अहिले भरतपुरका वडाहरुको मत गणना हुँदैछ।

बजार क्षेत्र आएपछि रविले मतान्तर बढाउँदै लगेका छन्। चितवन क्षेत्र नम्बर १ मा पनि घण्टी चुनाव चिह्नका हरि ढकाल अगाडि छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार