१५ वर्षको शासन सत्तालाई तोड्दै विजय भए महतो 

20.1k Shares
सम्बन्धित पार्टी
यो पनि

महोत्तरी : महोत्तरीको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार समाजसेवी लक्ष्मी महतो निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि  गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराउँदै महतो विजयी भएका हुन् ।
महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने दोश्रो भएका पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरे ।

त्यस्तै महोत्तरीको क्षेत्र न.१ को (क) मा शारदा देवी थापा निर्वाचित भएकी छिन नेकपा एमाले पार्टीबाट उम्मेदवारी दिएकी थापाले ८३०४ मत ल्याएर बिजयी भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी लोसपा पार्टीका उम्मेदवार पिताम्बर महतोलाई ७ सय १९ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । महतोले ७५८५ मत हासिल गरेका छन् ।
बिगत १५ वर्ष देखि महोत्तरीको क्षेत्र न.१ को प्रतिनिधि सभा सदस्यमा गिरिराजमणि पोखरेल निरन्तर निर्वाचित हुदै आएका थिए । यसपाली पोखरेलको १५ वर्षको चेन ब्रेक गर्दै समाजसेवी महतो निर्वाचित भएपछी नयाँ इतिहास कायम भएको छ ।
महतो यस क्षेत्रमा गरिबहरुको मसिहा ,भलाद्मी ,समाजदेवी , जनलोकप्रिय नेताको रुपमा परिचित छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार