प्रधानमन्त्री, प्रचण्ड र नेपालबिच भेटघाट, के के भयो कुराकानी ?

43k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सत्ता साझेदार दलका दुई शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । 

आज बिहान बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति रहेका देउवासँग भेट गरेका हुन् । 

निर्वाचनको मत परिणाम आएसँगै नयाँ सरकार गठन लगायतका विषयमा शीर्ष नेताहरूले कुराकानी भएको बताइएको छ । 

उनीहरुबीच अहिलेकै गठबन्धनलाई कायम गर्दै नयाँ सरकार बनाउने तयारी छ ।  प्रधानमन्त्री, प्रचण्ड र नेपालबिच भेटघाट, के के भयो कुराकानी आज बिहान बालुवाटार पुगेर दुबै नेतासँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार