कांग्रेस उपसभापति र एमाले सचिवबीच प्रतिस्पर्धा

17.8k Shares
यो पनि

काठमाडौं । मङ्सिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको मतगणमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ शीर्षस्थानमा छन् । 


स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसबाट उम्मेदवार बनेका गुरुङ दुई हजार बढी  मतान्तरले अगाडि रहेका छन् ।  एमालेकी उम्मेदवार पद्मा अर्याल भन्दा कांग्रेसका गुरुङ दुई हजार ४१८ मतान्तरले अगाडि रहेका छन् । 


गुरुङ ११ हजार ९२० मतका साथ पहिलो स्थानमा छन्।  नौ हजार ५०१ मत ल्याएर अर्याल पछ्याइ रहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् । गुरुङ  नेपाली कांग्रेसका उपसभापति हुन् भने अर्याल एमालेकी सचिव हुन् । 

ताजा अपडेट
सम्बन्धित समाचार