स्याङ्जा-२ मा धनराज गुरुङ विजयी

11.5k Shares
यो पनि

काठमाडौंः स्याङ्जा निर्वाचन क्षेत्र(२ मा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन्। नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय उपसभापतिसमेत रहेका गुरुङ विजयी भएका हुन् । गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे। अर्यालले २५ हजार ८३९ मत ल्याइन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत ल्याए ।

प्रतिनिधिसभातर्फ धनराज गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा (क) बाट कांग्रेसकै भोजराज अर्याल विजयी भएका छन् । यस्तै, २ (ख) मा पनि कांग्रेसकै महेश भट्टराई विजयी भएका छन् । प्रतिनिधिसभामा गुरुङले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई पराजित गरेका हन् ।

गण्डकी प्रदेशसभा २ ‘क’ तर्फ कांग्रेसका अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरेका हुन् । अर्यालले १५ हजार १६१ मत पाउँदा एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।

२ ‘ख’ तर्फ कांग्रेसका भट्टराईले १८ हजार ८०८ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरे । एमालेका श्रेष्ठले १६ हजार ९९९ मत ल्याए ।

ताजा अपडेट
सम्बन्धित समाचार