अडियो काण्डमा परेका ढाका पुगे अदालत

14.3k Shares
सम्बन्धित पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले आफ्नोबारे प्रश्न उठिसकेपछि पार्टीले निलम्बन गरेको भन्दै पार्टीको निर्णयको स्वागत गर्ने बताए । ‘म केही समयका लागि निलम्बन परेपनि म न्यायालय गएको छु र यसबारेमा क्लिन चिट ल्याएर यहाँहरुसामु फेस देखाउँछु ।’

अडियोबारे ढाकाले दिए नयाँ जवाफ अडियोबारे ढाकाले दिए नयाँ जवाफ

उनले आफ्नो कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको पनि बताए । तर, यो चुनावको मुखमा गरिएको षड्यन्त्र भएकाले भोट दिएर पार्टीको उम्मेदवारलाई निर्धक्कका साथ अत्यधिक बहुमतले जिताउन उनले आग्रह गरे ।  ‘यो पार्टीलाई तिनै निर्वाचन क्षेत्रमा हराउन गरिएको सुनियोजित योजनामा हो’, उनले भने, ‘जसले पार्टीलाई राम्रो मान्नुभएको छ, भोट दिएर अत्यधिक बहुमत दिएर लिडरहरुलाई जिताइदिनुहोला ।

क्लिन चिट पाएपछि म फर्किनेनै छु ।’  मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड बार्गेनिङ गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार