काठमाडौं : नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीले खोजी थालेको हो ।
दुवैलाई प्रहरीले खोज्न थालिसकेको छ। आजै उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई समेत पक्राउ पूर्जी जारी भएको छ। उनी प्रहरीकहाँ आफैँ गिरफ्तारी दिन पुगेका छन्।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
एमाले सांसद टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी
हिजोमात्र नेकपा एमालेकै नेता तथा पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका थिए।
टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहका सदस्यसँग आफ्नो सम्बन्ध रहेको अभिव्यक्ति विभिन्न मिडियामा दिएका थिए। मिडियामा आएका उनका अभिव्यक्तिले उनको संलग्नता बलियो देखाएपछि प्रहरीले अनुसन्धानका लागि ट्र्याकिङ थालेको थियो।
आजै पक्राउ परेका सचिवको नक्कली शरणार्थी बनाउन सघाउने भूमिका पुष्टि भएको प्रहरीको दावी छ। साथै गृह मन्त्रालयका कर्मचारीको पनि सहयोगी भूमिका देखिएको छ। यस प्रकरणमा थप नेता तथा कर्मचारीहरु तानिने निश्चित छ।