प्रियंका कार्कीकी छोरी आयान्काको जन्मेको दुई दिनमै १५ हजारभन्दा बढि फलोअर्स 

15.4k Shares

काठमाडौं: हिजो भर्खर छोरीलाई जन्म दिएकी  भिनेत्री प्रियंका कार्कीकी छोरी आयान्का  यतिबेला चर्चामा छिन् । आयान्का पनि आमाजस्तै चर्चामा रहने सँकेत देखिएको छ । उनी जन्मिनुअघि नै प्रियंकाले पेटको अनेक फोटो सुट गराएर सबैको ध्यान आफूतिर तानेकी थिइन् ।

 प्रियंका र श्रीमान आयुष्मान देशराज जोशीले आयान्का कार्की जोशीको नामबाट छोरीको इन्स्टाग्राम अकाउन्ट खोलेका थिए । अकाउन्ट खोलिएको दुई दिनमै उनका १५ हजारभन्दा धेरै फलोअर्स भएका छन् । इन्स्टाग्रामको नियमअनुसार १३ वर्ष नपुग्दासम्म कसैले पनि यो माध्यम चलाउन पाउँदैन ।

र,यदि चलाउनै परेमा परिवार वा आमाबुबाले जिम्मा लिनपर्ने हुन्छ । यही प्रक्रियाअनुसार उनीहरुले आफ्नी छोरीको इन्स्टाग्राम सञ्चालन गरेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार