काँग्रेस र नेकपा जहिले पनि मधेशलाई भोट बैंक बुझेको छ  -  युवा नेता अन्सारी

25.4k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

विचार :-   म एक नेपाली युवा विद्यार्थी नेता  हुँ । हाम्रो देश भौगोलिक का अनुसार तिन भूभागमा राखिएको छ । “ हिमाल, पहाड, तराइ”  जसमध्ये म तराइ मधेश तिर बस्छु । 

आज मैले यो विचार राख्न वाध्य भएको छु । किनभने हाम्रो देशको काँग्रेस र नेकपा जहिले पनि मधेशलाई भोट बैंक बुझेको छ  । म जनताको हकअधिकार लगायत हाम्रो समाजमा गरिबी रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न का लागि मैले जहिले नि सडकमा आवाज उठाउन रुची राख्छु ।  मेरो देश र समाज जुनसुकै क्षेत्रको किन न होस्  अन्याय भएपछी सहन्न सक्दैन ।received_448021443051597.jpeg

एउटा के हुँदो रहेछ भने हाम्रो देशमा काँग्रेस र नेकपाका नेताहरुले मधेशीलाई जहिले नि भोटमा मात्र गन्ने गर्दछ । अहिले पनि त्यस्तै प्रवित्ति हावी भएको थुप्रै उदाहरण छ । गरिबीको रेखामुनि रहेका यहाँ का जनतालाई रोजगारी तथा व्यवसायमूलक कार्यक्रमहरू सञ्चालन गर्न न सक्ने रे मात्र कुर्सी र शक्तिका निमित्त झगडा गरेर मुलुकलाई अँध्यारो सुरुङमा फसाइएका छन  । तराई मधेशमा विकास भएन भने नेपालमा भएन बुझ्नु पर्दछ किनभने नेपालको एक अंश मधेश हो । काङ्ग्रेस र नेकपा का नेताहरु मधेश को विकासका लागि मात्र चुनावको एक्सन लिने गर्छन यति मात्र हेर्न पाइयो । नेकपा र नेपाली काँग्रेसको शासकीय असफलताले मुलुक यो अवस्थामा आइपुगेको छ ।  अहिले वर्तमान चलेको घटनाले बुझाउदै गरेको छ । मधेसी माथि जहिले नि विभेद हुदै गरेको पाइन्छ ।  नेपालको संविधान र कानूनले विभेद नगरे पनि सत्तामा बसेको सरकारले संबिधानलाई नै उल्टो पारि विभेद गर्ने गर्दछ के सत्ता मा बसेको लाई सजाय छैन त कानुनमा र ? किनभने नेताहरुले नै यस्तो कानुन बनाएको हुन्छ कि मा अपराध भए नि छुट्न सकोस् । नेकापा र काङ्ग्रेसको भाषा र धर्म सत्ताको छ  जहिले नि सत्ताको व्यवहार ल्याउन जनतालाई ठग्ने गर्छ ।

नेपालको संविधानमा भएको व्यवस्था अनुसार मधेशीको हकअधिकारि स्पष्ट भएको छैन । तराई-मधेश क्षेत्रमा देशको झन्डै दुईतिहाइ जनसङ्ख्या रहे पनि मधेशी नागरिक आगाडी बढेको छैन । मूल रूपमा प्रदेश नम्बर २ मा मधेशी समुदायको बाहुल्य रहेको भए पनि केन्द्र सम्म पुग्न धेरै पछाडी छन् । नेकपा र काँग्रेसको जहिले नि नेपालमा सरकार बन्छ तर यहाको समस्याबारे पनि सत्तामा बसेको सरकारलाई ध्यानाकर्षण छदैछैन । मधेशी समुदायको अधिकार संरक्षण नहुने भएको छ । काँग्रेसको आधारभूमि क्षेत्र मधेशको रहेको कुरा पटक–पटक भएको चुनावले पुष्टि गरेको छ । मधेशको मतले नै गर्दा काँग्रेसलाई ठूलो पार्टी बनाउने गरेको छ । तर यति हुदा पनि मधेशी समुदायको समस्या समाधान गरेको पाएको छैन । मधेश र पाहाड को झगडा लगाउने कार्य यिनीहरुले नै गर्ने गर्छन,  ठुला ठुला  भाषण गरेर मधेशी पाहाडे कुरा ल्याउछन । नेपाली काँग्रेसका नेताहरु मधेश जाँदा लोकतन्त्र मधेश र पहाडमा आउदा लोकतन्त्र नेपाल भाषण दिन्छ के मधेश मात्र भोटको लागि हुन्छ नेपाल भित्र परेको ? हिमाल पाहाड र तराई नेपाल नै हो, यो भित्र आउने सबै किसिमको समस्यालाई समाधान गर्नु पर्दछ । नेपालमा पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसी हुनुभयो तर मधेश भित्रको समस्यालाई समाधान गरेंन किनभने मधेशलाई भोट बैंक बुझेको छ  ।  मधेसका केही व्यक्तिहरु उच्च पदमा पुगे पनि नेपालको स्थायी सत्तामा परिवर्तन आएको छैन ।

ताजा अपडेट
सम्बन्धित समाचार