दशैंमा मंहगीका कारण मर्कामा जनता 

16.4k Shares

काठमाडौंः आम्दानी बढेको छैन । खर्च बढेको बढै छ । हुने खानेले ‘भेराइटी’ खान्छन् । न्यून आम्दानी हुनेलाई बिहान–बेलुका छाक टार्न पनि हम्मे छ । सरकार महँगी घटेको दाबी गर्छ । बजारले अनुभूति दिलाउन सकेको छैन। दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा भान्सा महँगिएको हो। बजारमा उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन्। 

भान्सामा दैनिक प्रयोग हुने तेल, चामल, दाल, मसला, आटा, मैदा, चिनी, आलु, टमाटरलगायत तरकारी, मासु, अण्डा महँगो छ। अघिल्लो वर्षको दसैँको तुलनामा यो वर्षको दसैँ महँगो हुने भएको छ । पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा अधिकांश वस्तुको मूल्य बढेको छ । खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार गर्दै आइरहेको खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा अधिकांश वस्तुको मूल्य बढेको छ । 

संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल, चामल, गेडागुडी, खानेतेल लगायत सबैजसो वस्तुको मूल्य बढेको छ । यसैगरी, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सबैजसो तरकारीजन्य वस्तुको मूल्य समेत बढेको छ । गत वर्षको तुलना यसवर्ष  पोखरेली चामल, बासमती र जिरा मसिनो चामलको मूल्य प्रतिकिलो न्यूनतम १० रुपैयाँले बढेको छ । यस्तै, ताइचिन चिउराको मूल्य १ वर्षमा प्रतिकिलो २० रुपैयाँले बढेको छ भने सबैजसो दालहरूको मूल्य समेत बढेको संघले जानकारी दिएको छ । संघका अनुसार मासको दाल प्रतिकेजी १० रुपैयाँ, मुसुरको दाल १५ रुपैयाँ र मस्यौरा प्रतिकिलो २५ रुपैयाँले बढेको छ ।

त्यस्तै खुद्रा व्यापार संघका अनुसार चनाको मूल्य गत वर्षको भदौ १५ को तुलनामा प्रतिकिलो २५ रुपैयाँले बढेको छ । यस्तै, केराउको मूल्य किलोमा ३५ रुपैयाँले, राजमाको मूल्य किलोमा १० रुपैयाँले बढेको छ । यसैगरी, सेतो सिमीको मूल्य भने प्रतिकिलो ४० रुपैयाँसम्मको मूल्यवृद्धि देखिएको छ । यस्तै, बोडी प्रतिकेजी १० रुपैयाँले बढेको छ भने मुगीको गेडा र मस्याङको मूल्य भने यथावत् रहेको  छ ।


यो सँगै यसवर्ष खानेतेलको मूल्यमा पनि प्रतिलिटर ४० रुपैयाँले बढेको छ । यसैगरी काँचो तोरीको तेलको मूल्य लिटरमा ११० रुपैयाँले बढेको छ । यस्तै, भटमासको तेलको मूल्य १५ रुपैयाँ प्रतिलिटर बढेको छ । सनफ्लावर तेलको मूल्य लिटरमा ५० रुपैयाँ बढेको छ भने डाल्डा घ्यूको मूल्य लिटरमा ८० रुपैयाँसम्म वृद्धि देखिएको छ । यस्तै, नेपाली घ्यूको मूल्य प्रतिलिटर ३०० रुपैयाँसम्म बढेको छ ।त्यस्तै यसवर्ष सबै किसिमका तरमारीमा १५ देखि २० रुपैयाँले बढेको छ । 


यसो त हरेक वर्ष नेपालीहरुले महंगो दशै मनाउन बाध्य भएका छन । गत पर्ष पनि खशैको बेलामा भएको मूल्यवृद्धिले साधारण मानिसमा मात्र नभई देशको ठूलो जनसङख्या मर्कामा परेको थियो । करिब ३ वर्षभन्दा बढीको कोरोनाका कारण नेपालीहरुले पहिलो पटक दशै राम्रोसँग मनाउन लागेका छन तर यस पटकको मंहगीका कारण मानिसहरु चिन्तामा पर्न थालेका छन । सरकारले जनताको लागि भनेर सपथ मूल्यमा पसलहरु खोल्ने गरेका छन् तर यो पनि सबैको पहुँचमा हुदैन ।

सरकारले चाडपर्वको बेलामा कहिल्यै पनि मध्यम वर्गका मानिसहरुको बारेमा सोच्ने गरेको छैन । उनीहरुले त राम्रैसगँ दशै मनाउने भएका कारण आफू र आफ्नो स्तरको वर्गलाई ध्यान दिने गरेको पाइन्छ । हे सरकार कहिले काँही त जनाताको रुपमा दहै मनाउने कोसिस गर त अनि थाहा हुन्छ कि जनाताहरुले कसरी हरेक वर्ष मंहगीले गर्दा दशै कस्तो हुन्छ ? 

 

ताजा अपडेट
सम्बन्धित समाचार