विचार : मेरो देशको जनताले खोजे जस्तो नेताहरु पाएनन्। नेपालमा राजनीति गर्ने हरेक दलमा नेताहरू टन्नै छन्, तर नेतृत्व बाला छैनन् ।
नेपालको नेताहरु आफुलाई भन्छ म नेता हु तर उनमा नेतृत्वदायी पदको प्रयोगबिहीन भएका छन् । हाम्रो देशमा केन्द्र देखि लिएर स्थानीय वडा सम्म नेता एड्स रोगी हुन् भ्रष्टाचाररुपी एड्सका किटाणुले सङ्क्रमित ग्रसित भएका छन् ।
हाम्रो मुलुकका नेताहरूमा भ्रष्टाचारको एड्स सरेका छन् । जुन एक नेताबाट अर्को मा ट्रान्सफर भइरहेका हुन्छन् । जस्तो एड्स सर्ने गर्छ त्यस्तै उत्पादनमा वृद्धि भएका छन । जहाँ पनि, जुनसुकै ठाउँमा पनि र जतिबेला पनि मेरो देशको नेताहरूमा आफैँभित्र उत्पन्न हुन्छ ।
मेरो देशको ७०% नेताहरुले मान्छेलाई मारेर घुस्याहा, दलाल, माफिया, भ्रष्टाचारी र बलत्कारी बनेर बाँचेका छन्। जब कि राजनीतिक, न्यायिक र प्रशासनिक नेतृत्वको हैसियत गुमाइसकेका छन् ।
मेरो देशको जनताका पिडा अहिलेसम्म कुनैपनि नेताहरुले बुझ्न सकेका छैनन् । हो बुझेका छ्न तर कहाँ ? जहाँ नेताको आफैं फाइदा हुन्छन् । मेरो देशमा नेता छन् तर नेतृत्वको गुमराह छन् । यति मात्र होइन नेपाली राजनीतिमा भ्रष्टाचारलाई संस्कारका रुपमा ग्रहण गरिएको छ । सहज रुपमा स्वीकार गरिएको छ । नेपालका नेताको सामूहिक असफलता भनेको उनीहरू राम्रा सम्भावनालाई निजी स्वार्थका कारण तुहाएर देशको लागि ठूलो संकट निम्त्याइरहेछन् ।
नेता हुनका लागि जनतालाई सकारात्मक बाटोतर्फ डोऱ्याउने दृष्टिकोण चाहिन्छ । आफू मनभित्रैबाट राम्रो बन्नुपर्ने हुन्छ । मुलुकलाई सकारात्मक बाटोमा हिँडाउन आफू सकारात्मक सोचबाट निर्देशित हुनुपर्छ । खास रूपमा नेता त्यो हुन जुन चाहिँ जनताको जीवन सहज बनाउनका लागि सहजीकरणको नेतृत्व गर्ने गर्छन् र त्यही नै देशको नेता हो । भ्रष्टाचारी कहिले पनि नेता होइन त्यो एक मात्र भ्रष्ट एड्स रोगी पुष्टि हुन्छ ।