मन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

12.4k Shares
सम्बन्धित पार्टी
यो पनि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

वलीले आज बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् ।


वलीको यस्तो व्यवहार पश्चात लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । नेता ढकालले राज्यमन्त्र वलीलाई बर्खास्त नगरे प्रदेश सरकारको नालायकी पुष्टी हुने उल्लेख गरे ।

एकराजको घरमा उनकी श्रीमती र छोरीलाई हातपात गरेको खबर पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार