कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको आग्रह

15.6k Shares
यो पनि

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ ।

महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार