रविको नयाँ यात्रा : के जनताको अपेक्षा अनुसार खडा होलान् त ?

42.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

देशको अमिल्दो र अव्यवस्थित राजनीतिको दृष्यले बालकदेखि बृद्धसम्मको टाउको दुखेको छ । हरेक नेपालीको मनमा निराशाले बास गरेको छ । युवाहरु देशमा दुःख गर्नुभन्दा विदेशमा गएर दुःख गर्न रुचाउँछन् । केही वर्ष यता विदेशमा जाने प्रचलन पनि फेरिएको छ । कुनै समय एउटा गाउँको कुनै व्यक्ति मलेसिया गयो भने त्यसको महत्व धेरै हुन्थ्यो । तर विस्तारै सबै जना खाडी मुलुकहरुमा जान थालेपछि खाडी मुलुकहरुमा जाने व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण समेत फरक हुन थाल्यो । खाडी मुलुकहरुमा जाने युवाहरुको भन्दा युरोपतिर जाने युवाहरुको महत्व बढ्यो । अहिले धेरै युवाहरु जापान, कोरिया, क्यानडा, अस्टिलिया लगायतका विभिन्न युरोपियन देशमा जाने गर्छन् । 
लामो समयदेखि पत्रकारिताबाट जनताको सेवामा कार्यरत रवि लामिछानेले देशको विकराल समस्याहरुलाई पत्रकारिताको आँखाले अबलोकन गरी अब देशको विकराल अवस्थाको सुधार गर्न राजनीतिक आँखाले हेर्ने योजनामा छन् । शरुमा न्यूज ट्वाईटीफोर र पछि ग्यालेक्सी टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर जनताको मनमा बस्न सफल भएका रवि लामिछानेले देशको राजनीतिक नेतृत्व गरोस भन्ने चाहाना जनतासँग थियो र छ नै । तर बास्तवमा राजनीति र पत्रकारिता एउटै जस्तो देखिएता पनि फरक छन् । पत्रकारितामा राम्रो छवि बनाएको व्यक्तिले राजनीतिमा सफल हुन्छ नै भन्ने ग्यारेन्टी गर्न सकिदैन् । अन्य देशको तुलनामा नेपालमा त झन गाह्रो छ । हुन त कम्यूनिष्टका पिता भनेर चिनिने जर्मनका कार्ल माक्सको राजनीति पनि पत्रकारिता पछि सुरु भएको हो । उनी पनि एउटा पत्रिकाको सम्पादक थिए । हामीले नेपालको सन्दर्भमा हेर्ने हो भने पनि प्रायः धेरै नेताहरु आफ्नो जीवनकालमा कतै न कतै पत्रकारितामा जोडिएको कुरा थाह पाउँछौँ ।

ea.jpg

वास्तवमा भन्ने हो भने नेपालका राजनीतिक दलहरुमा रहेका नेताहरुको कार्यशैली जनतालाई मन नपर्ने छ । एउटा टेलिभिजनमा कार्यक्रम चलाएर जनताको अगाडि लोकप्रिय बनेको व्यक्तिलाई राजनीतिक रुपमा चुतुरहरुले अनेक रोल खेलेर पछि पार्न सक्छन् । रवि लामिछानेको जनतासँगको लोकप्रियतालाई तल झार्नको लागि अनेक तानाबाना बुन्न सक्छन् । मेरो व्यक्तिगत विचारलाई प्रष्ठ रुपमा राख्नुपर्दा रवि लामिछाने पत्रकारिता अर्थात ग्यालेक्सी फोके टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाएर जनताको लोकप्रिय पत्रकारको रुपमा चिनिएका थिए भने राजनीतिक रुपले लोकप्रिय नेता बन्न सक्छन् सक्दैनन  ?  भन्ने प्रश्न हो । चतुर राजनीतिज्ञहरुले देश सञ्चालन गरेको अवस्थामा रबि लामीछाने जस्तो सामाजसेवीहरुले राजनीतिलाई कसरी सन्तुलनात्मक रुपले अगाडि बढाउन सक्छन् भन्ने हो ।
राजनीतिक पार्टीको झण्डा बोकेका नेतृत्वप्रति पछिल्लो समय जुन प्रकारको वितृष्णा फैलिएको छ यसले पनि स्वतन्त्र अभियानमा सहभागि भएकाहरुलाई केही फाइदा भएको छ । स्थानीय तहको निर्वाचन पछि काठमाण्डौ महनगरपालिका लगायतका केही स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो पक्षमा नतिजा ल्याएपछि पछिलो समय रवि लगातका केही नयाँ अनुहारहरु आकांक्षीको रुपमा अगागि आएका त हैनन् ?

as.jpg

संचार क्षेत्रमा सफलता हात पारेका रविले राजनीतिकमा पनि सफलता हात पार्लान् त ?अनि उनले भनेको वा उद्घोष गरेको राजनीतिक यात्रा सफलताको विन्दुमा जाला ? आगामी संघीय निर्वाचनमा काठमाण्डौको कुनै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्न उनले के र कस्ता योजनाहरु बनाए ? त्यो भने केही दिनमा हेर्न पाइनेछ । उनले अहिले जुन प्रकारको आँट र हिम्मत गरेका छन् त्यो चाहीँ प्रशंनीय नै छ । 

जनताले सबै राजनीति दलहरुले गर्ने कामको मुल्याङ्कन गरिसकेको छ । शिर्ष स्थानमा रहेका राजनीति दलका नेताहरुलाई देशका नेतृत्व गर्ने स्थानमा जनताले पु¥याएकै हुन् । परिवर्तनका लागि भनेर रोल्पा र रुमुकबाट जनुयुद्ध सुरु गरी दश वर्षसम्म संघर्ष गरेका तत्कालीन माओवादीलाई जनताले २०६४ सालको पहिलो संविधानसभाको चुनावमा शिर्ष स्थानमा पु¥याएको हामीले देखेकै हो । वास्तवमा जनताले धेरै राजनीति दलको कार्यशैलीको अवलोकन गरिसकेका छन् । पछिल्लो अवस्थामा राजनीति भनेको चतुरहरुको लागि कमाउने भाँडोको रुपमा चिनिने गरेको छ । अझ सजिलो भाषामा भन्नुपर्दा चतुरहरुले खेल्ने एउटा फराकिलो खेलमैदान राजनीति हो भन्दा फरक नपर्ला । 

aab.jpg

यस्तो फोहरी राजनीतिबाट वाक्कदिक्क जनता भएपछि काठमाण्डौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह र धरान उपमहानगरपालिकामा कार्यरत नगरप्रमुख हर्क साम्पाङ लगायतका स्वतन्त्र उम्मेदवारको जन्म भएको हो । जनता अब विस्तारै शिक्षित हुँदैछन् भन्ने संकेत पनि गत स्थानीय निर्वाचानले प्रष्ट पारेको छ । केही चतुर राजनीतिज्ञहरुले बालेन शाह र हर्क साम्पाङले जित्नुको पछाडी आफ्नो ठूलो योगदान रहेको उद्घोष गर्छन् । आफूले बलिदानी गरेर ल्याएको लोकतन्त्रमा बालेनहरु जस्ता व्यक्ति खुल्ला रुपमा बोल्न र जनताबाट चुनीने मौका पाएको भनेर हारपूर्ण तर्क गर्छन् । वास्तवमा उनीहरुले ल्याएको लोकतन्त्रबाट भन्दा स्वतन्त्र उम्नमेदवार जनताले असल राजनीतिज्ञको खोजी गर्दा भेटिएका पात्रहरु हुन् । अझ सजिलोसँग भन्नुपर्दा फोहरी राजनीतिको दृष्य देखेर दीकदारीको समयमा नयाँ व्यक्ति खोजेका हुन् । 

विकसित देशहरुको यात्रा गरेका देशविदेशका संस्कार संस्कृति जाने बुझेका एउटा युवाका हिसावले पनि उनले केही गर्न सक्छन् कि भन्ने आम नागरिकहरुलाई पर्न सक्छ, त्यसका लागि अहिले उनले राष्ट्रिय सभागृह मार्फत जसरी आफ्नो उम्मेद्वारीको बाटो तय गर्न छलफल गर्दैछन् यस्ता कार्यक्रमहरु धेरै ठाउँमा गर्न जरुरी छ । लामो समयदेखी राजनीतिक यात्रामा रहेकाहरुसंग प्रतिस्पर्धा गर्न उनलाई त्यति सजिलो भने पक्कै छैन। यो विषय रविले बुझेका हुनुपर्छ । 

अहिले देशभर स्वतन्त्र उम्मेद्वार बन्नेहरुको पक्षमा माहोल त बनिसकेको छैन तर, अहिले विजेता स्वतन्त्र तर्फका उम्मेद्वारहरुले जनताको पक्षमा राम्रा केही काम तथा अभ्यासहरु गर्न सके भने पक्की पन उपत्यका तथा ठूला शहरभन्दा बाहिर पनि स्वतन्त्र उम्मेद्वारहरुको पक्षमा माहोल बन्दै जानेमा विश्वास गर्ने आधार धेरै छन् यसर्थ जो जसले जहाँ जहाँ स्वतन्त्रको यात्रा सुरु गरेका छन् सुझ्बुझ्पूर्वक गरुन् राजनीतकि यात्राको शुभकामना !

 

ताजा अपडेट
सम्बन्धित समाचार