काठमाडाैंः सघं र प्रदेश सभाको निर्वाचन मिति घोषण भइसकेको छ । कति पार्टीहरुले निर्वाचन आयोगमा आफ्नो नाम दर्ता समेत गराएका छन । यसैबिच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि कांग्रेससगँ गठबन्धन गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई कांग्रेसमा सहभागी गराउन कोसिस गरेकामा अध्यक्ष महन्थ ठाकुर पनि सकारात्मक भएको लोसपाका एक नेताले बताएका छन । उनका अनुसार सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सकारात्मक भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच पुरानो सम्बन्ध छ । दुवै नेताले काँग्रेसबाट राजनीति गरेका हुन । विभिन्न माग राखेको लोसपा अध्यक्ष ठाकुरले पनि सरकारमा सहभागीता जनाउने लचकता देखाएको पार्टी निकट श्रोतले पोलिटिक्स नेपाललाई बताए । उनले आफुले राखेको माग पूरा गरे सरकारमा जान तयारी रहेको जनाएका छन ।
नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सरकारमा सहभागी हुने गरी छलफल भइरहेको प्रधानमन्त्री देउवा निकटका नेताहरुले बताएका छन् । लोसपाले नागरिकताको माग पुरा भएसंगै कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको बताइएको छ ।
हन्थको राजनीतिक एजेन्डासँगै सत्ताको विषय पनि जोडिएको छ । लोसपाबाट को को सरकारमा जाने विषय पनि गम्भीर छ । अर्कोतर्फ, उपेन्द्र यादव पनि गठबन्धनमा सामेल छन् । महन्थ र उपेन्द्र एकैपटक गठबन्धनमा रहने हुन् या होइनन् भन्ने पनि गम्भीर बनेको छ । लोसपा सरकारमा जान सकारात्मक देखिन्छ । यसका लागि उसका केही मुद्दा र मन्त्रालयको विषयले कुरा अड्किएको बुझिएको छ ।
अन्ततः जम्बो टोलीसहित ठाकुर पनि देउवाको शरणमा , केहि थान मन्त्री खान मरिहत्ते !